Logo

झुक्किएर पनि बढी नखानुहोस् यी चिजहरू



Spread the love

के तपाईँ चाहनुहुन्छ, आफ्नो स्मरण शक्ति घटाउन ? यदि चाहनु हुन्न भने नखाने गर्नुहोस् l यी चिजहरू जसको सेवन गर्दा तपाइको स्मरण शक्ति घटेर जाने गर्दछ l

बढी चिल्लो
बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ l तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ l

चुइङगम
चुइङगम चपाउनु कसलाई पो मन नपर्ला र ? तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ । कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पुर्‍याउने गर्दछ ।

नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ ।

जंक फुड
जंक फुडको सेवनले दिमाग र स्मरणशक्ति गुमाउनका साथै डिप्रेसन र एंग्जाईटी समेत गराउँदछ ।

फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ l तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन l यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जान्छ ।

चिनी
गुलियो चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा समेत ह्रास आउने गर्दछ l

प्रतिक्रिया दिनुहोस्