Logo

मैत्रीपूर्ण खेलमा बार्सिलोना र चेल्सी प्रतिस्पर्धा गर्दै



Spread the love

७ साउन, काठमाडौं । प्रि–सिजन अन्तर्गत क्लब मैत्रीपूर्ण खेलमा आज साँझ स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना र चेल्सी आमने सामने हुँदैछ। खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ मा बाट सुरु हुनेछ ।

आज बार्सिलोनाले आफ्नो नयाँ खेलाडी एन्टोनी ग्रिजम्यान, डी योङ जस्ता खेलाडीहरुलाई डेब्यू गराउनेछ । प्रि–सिजन अन्तर्गत हुन लागेको पहिलो खेलमा बार्सिलोना उत्कृष्ट प्रदर्शन गर्ने रणनीतिमा रहेको छ भने प्रिमियर लिग क्लब चेल्सी बार्सिलोनालाई स्तब्ध बनाउने लक्ष्यमा रहनेछ । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी आजको खेलमा उपस्थिति रहने छैन ।

प्रतिक्रिया दिनुहोस्