Logo

महाविपद्प्रति नेता भण्डारीद्वारा दुःख व्यक्त ,उद्धारमा जुट्न सबैलाई अपिल



Spread the love

७ साउन, गुल्मी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संसद् चन्द्र भण्डारीले गुल्मीमा घटेको प्राकृतिक विपद् प्रति दुःख व्यक्त गरेका छन् । मङ्गलवार सल्लेरी खबरसँग कुराकानी गदै उनले भने ‘प्राकृतिक प्रकोपमा परी मृत्यु भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।’

विपद्को घडीमा सबैलाई सामाजिक तथा आर्थिक सहयोग गर्नुका साथै सबैलाई राहत र उद्धारमा जुट्न नेता भण्डारीले अपिल समेत गरेका छन् । यस्तो महाविपत्तिमा सहयोग गर्नु नेपालीको संस्कार भएको र सबैले आफ्नो क्षेत्रबाट सहयोग गरी पुण्य कमाउनु पर्न उनले विचार व्यक्त गरे ।

सोमबारदेखि परेको अविरल वर्षाका कारण १३ जनाको मृत्यु भएको छ भने कयौँ अझै बेपत्ता भएका छन् । सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ मा गरी १३ जनाको मृत्यु भएको हो भने आधा दर्जन भन्दा बढी बेपत्ता भएका हुन ।

पहिरोमा परी बेपत्ता भएका २ जनाको उद्धार गरिएको डा. शिला ढकालले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मी , इलाका प्रहरी कार्यालय जोहाङग , सशस्त्र प्रहरी बल,  नेपाली सेना ,स्थानीयहरू राहत र उद्धारमा जुटी रहेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्