Logo

तपाई जीवनमा सफलता चाहनुहुन्छ भने खुसी रहनुहोस् , यस्ता छन् खुसि रहने तरिका



Spread the love

ऊर्जाशील हुनुको एउटै मात्र उपाय हो खुसी हुनु । खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलता हात पार्छन्। हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त?

मुस्कान
मानिसलाई मुस्कानले सधै खुसी बनाउँछ। सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित गर्छ। बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा कम गर्नुको साथै मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ।

व्यायाम
व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। आजकल मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ छ र ? मात्र ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ।

मस्त सुताइ

जो मानिस मस्त निदाउने गर्छ उ बढी खुसी हुने गरेको छ। मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञहरु बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने हुदा उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको छ।

परिवार र साथीसँग रमाउने

जो मानिस घरपरिवार र साथीभाइसँग समय बढी बिताउने धेरै खुसी हुने गरेका छन्। साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ। साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ।

यात्रा

स्वच्छ हावामा घुम्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुनेछ।

अरुलाई सहयोग

अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी हुन्छन् ।

ध्यान

ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्।

प्रतिक्रिया दिनुहोस्