Logo

बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ



Spread the love

७ साउन, नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्ुव राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए । सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला घरमा कोही नभएको समय पारी पीडक राईले बालिकालाई यौनदुर्व्यवहार र करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए ।

उनका अनुसार घटनाको भोलिपल्ट शनिबारका दिन पनि नौ वर्षीया बालिका आफ्नो घर नजिकै खेल्न जाने क्रममा बाटोबाट तानेर बारीमा लगी यौन दुर्व्यवहार गरेका थिए । पीडित दुवै बालिका दिदीबहिनी रहेका प्रहरीले जनाएको छ । पीडक राईले दुवै बालिकामाथि गरेको यौन दुर्व्यवहारका बारेमा राति ती बालिकाले सुत्ने क्रममा आमालाई घटनाका बारेमा भनेपछि पीडितपक्षले प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्