Logo

गजल



Spread the love

साथ दिन्छु तिमीलाई,चोखो प्यार दिन्छु
ढुक्कसंग जिउन सक्ने,दरो आधार दिन्छु||
दुनियाँ साँमु तिमी एउटा,उदाहरण बन्न सक
तिमीलाई आफ्नो समुन्नत,सभ्य संस्कार दिन्छु||
फुल्न सकोस् फल्न सकोस्,हाम्रो माया जहाँ
तिमीले चाहे भन्दा पनि,छुट्टै संसार दिन्छु||
रंगिन बनोस् स्वर्णिम बनोस्,तिमीले टेकेपछि
तिम्रो स्वागत सत्कारमा,नौलो संघार दिन्छु||
आकाशको जुन टिपी दिन,सक्दिन म प्रिय
बरु माँग हाँसी हाँसी,मुटु उपहार दिन्छु||
नसोच्नु है मोहन संग छलकपट,छकि भनी
संगैं जिउने संगैं मर्ने साँचो,करार दिन्छु||

प्रतिक्रिया दिनुहोस्