Logo

‘अजम्बरी माया’ लाउँदै आशिरमान र आना(भिडियो)



Spread the love

भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको आशिरमान देशराज श्रेष्ठ र आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’ को रोमान्टिक गीत रिलिज भएको छ ।केहि हप्ता पहिले रिलिज फिल्मको ट्रेलरले हाईप बढाउँदै गर्दा अनि दर्शकमा फिल्मप्रतिको चासो बढ्दै गर्दा फिल्ममा समावेश पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक अजम्बरी लाउला पिरती बोलको गीत सुमधुर लाग्छ ।

पछिल्लो समय एकपछि अर्को गर्दै हिट गीत पस्केका संगीतकार कालिप्रसाद बाँस्कोटाले गीतमा संगीत भरेका छन् । गीतमा समावेश शब्दहरु छिट्टै मनमा बस्ने खालका छन् । यो गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी छ । कालिप्रसादसँगै मेलिना राईले स्वर भरेको गीतमा लिड अभिनेता आशिरमान देशराज र अभिनेत्री आना शर्मालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/jHO3orbY9AQ

 

प्रतिक्रिया दिनुहोस्