Logo

ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङसँगै नेपालको सानदार जित



Spread the love

८ साउन, काठमाडौं । नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात निकालेको छ । बुधबार मलेसियालाई ७ विकेटले हराउँदै नेपालले अघिल्लो चरणको सम्भावनालाई जिवितै राखेको हो ।

वर्षाका कारण ९ ओभरमा घटाईएको खेलमा मलेसियाले दिएको ८४ रनको विजयी लक्ष्य पछाएको नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका विनोद भण्डारीले अविजित १३ रन जोडे । नेपालको जितमा कीर्तिमानी अर्धशतक बनाएका मल्लले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका छन् । मल्ल टी ट्वान्टीमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका हुन् ।

यसअघि टस हारेर ब्यटिङ थालेको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनायो । उसका सफिक शरीफले १५ बलको सामना गर्दै ३० रन जोडे भने भिरनदीप सिंहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चलेनन् ।

सोमपाल कामीले ३ विकेट हात पारे । त्यस्तै, बसन्त रेग्मीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्