Logo

बाढीले बगायो मेची पुल जोड्ने ग्राभेल सडक



Spread the love

८ साउन, झापा । मंगलबारदेखि आएको अविरल वर्षासँगै नदीमा आएको बाढीले झापाको भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाएको छ ।

बाढीले बुधबार बिहान पुल जोड्ने ग्राभेल सडक भत्काएपछि मोटरसाइकल र साना चार चक्के सवारीसाधन हिड्ने उक्त बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा मेची पुल जोड्न एउटा कल्भर्ट निर्माण गरी बालुवा र माटोसहितको सय मिटर कच्ची ग्राभेल सडक बनाएको थियो । तर मेची नदीमा आएको बाढीले सडक बगाइ दिएका कारण आवतजावत बन्द भएको छ। ।

प्रतिक्रिया दिनुहोस्