Logo

बार्यनद्वारा एसी मिलान पराजित



Spread the love

८ साउन, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एसी मिलानलाई १–० गोलले हराएको छ ।

अमेरिकामा आज भएको खेलमा बायर्नका लागि ४५औं मिनेटमा लियोन गोरेट्ज्काले गरेको गोलनै निर्णायक साबित भयो । प्रिसिजनको तयारीका लागि अहिले म्युनिख र मिलान दुवै अमेरिका भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्