Logo

सुपर स्टार मेस्सीमाथि एक खेलको प्रतिबन्ध



Spread the love

८ साउन, काठमाडौं ।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई कोपा अमेरिकाको एक खेलमा प्रतिबन्ध लागेको छ । कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा चिलीविरुद्ध अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले रेड कार्ड पाएका थिए ।

त्यसपश्चात उनले दक्षिण अमेरिकी फूटबल प्रमुखमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । यी दुवै घटनालाई लिएर मेस्सीमाथि एक खेलको प्रतिबन्ध लगाउँदा १५ सय डलरको जरिवाना पनि लगाइएको थियो । मेस्सीले खेल सकिएपश्चात कोपा अमेरिका ब्राजिललाई जिताउन पूर्वयोजना भएको तथा प्रतियोगितामा संलग्न सबै पदाधिकारीलाई भ्रष्टाचारी भएको आरोप लगाएका थिए ।

मेस्सीले एक खेलको प्रतिबन्ध सन् २०२२ को विश्वकपका लागि हुने क्वालिफायर खेलमा झेल्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्