Logo

रियाल मड्रिडबाट बेलको अपमानजनक बिदाइ



Spread the love

८ साउन, काठमाडौं । रियाल मड्रिड क्लबमा सन् २०१३ मा स्टार खेलाडीका रूपमा भित्रिएका ग्यारेथ बेलले क्लबबाट बिदाइ लिन लागेका छन् ।

जिनेदिन जिदान क्लबको पुनः एकपटक प्रशिक्षक भएसंगै बेलको हैसियत क्लबमा खस्किदै गएपछि अपमानजनक तरिकाबाट बिदाइ हुन लागेको हो ।

बायर्न म्युनिखविरुद्धको खेलपश्चात जिदानले बेल अब क्लबबाट बाहिरिन लागेको र जति छिटो बाहिरिन्छन् उतिनै राम्रो भएको बताएका छन् ।

बेललाई रियाल मड्रिडका फ्यानहरूले कहिल्यै स्वीकार्न सकेनन् । र बेल पनि रियाल मड्रिडको आक्रामक संस्कृतिमा कहिल्यै ढल्न सकेनन् । उनी निजी जीवन मन पराउने र लजालु किसिमका खेलाडी हुन् ।

बेलले क्लबलाई १३ ट्रफी जिताए । च्याम्पियन्स लिगमा दुई फाइनलमा बेलले गोल पनि गरेका छन् । उनले क्लबका लागि खेलेको कुल २३१ खेलमा १०२ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्