Logo

१२ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजयी खेलाडीलाई सम्मान गरिने



Spread the love

८ साउन, काठमाडौं । १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजयी नेपाली खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । गत शनिबार सम्पन्न प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेश बाबु श्रेष्ठले व्यक्तिगत रुपमा सम्मान गर्ने भएका छन् ।

संघका अध्यक्षको तर्फबाट उक्त च्याम्पियनसिपमा स्वर्णपदक जित्नेलाई ५० हजार, रजतलाई ३० हजार र कास्यलाई २० हजार रुपैयाँसहित सम्मान गरिने भएको छ ।

च्याम्पियनसिपमा नेपालले १८ विधामा प्रतिस्पर्धा गर्दा भारतलाई ३ स्वर्ण, ६ रजत र ७ कास्यले जित निकालेको थियो । अफगानिस्तान भने च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्