Logo

नेपालले मलेसियामाथि सानदार जित हात पार्दा बनेका २ कीर्तिमान



Spread the love

८ साउन, काठमाडौं । आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि नेपालले सानदार जित निकालेको छ ।

बुधबार मलेसियालाई ७ विकेटले हराउँदै नेपालले अघिल्लो चरणको यात्रालाई जिवितै राखेको हो ।अघिल्लो चरणमा स्थान बनाउन दुबै खेलमा नेपालले फराकिलो जित हासिल गर्नु पर्ने हुन्छ । नेपालको सहज जितसँगै बनेका यी दुई कीर्तिमान :

१. ओपनिङ साझेदारी
नेपालको ओपनर लागि ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले पहिलो विकेटका लागि ५.२ ओभरमा ६६ रनको साझदारी गर्दै जित पक्का गरेका थिए । पहिलो विकेटका लागि प्रदीप र मल्लले गरेको यस साझेदारी नेपालको लागि टी २० आईमा उच्च रहेको छ ।

२ . ज्ञानेन्द्रको सर्वाधिक छिटो अर्धशतक

नेपालको जित दिलाउने क्रममा मल्लले विश्फोटक ब्याटिङ गर्दै नेपालको जितमात्रै पक्का गराएसंगै आफ्नो नाममा कीर्तिमान समेत राखेका छन् । मल्ल टी २० आईमा नेपालबाट सर्वाधिक छिटो २० बलमा अर्ध शतक पुरा गर्ने खेलाडी बन्दै कीर्तिमान रचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्