Logo

विकट नाकामा पक्की बाटो



Spread the love

८ साउन, दाङ – दाङको देउखुरी क्षेत्रमा पर्ने भारतसँगको विकट नाकाका गाउँमा अव पक्की बाटो पुग्न थालेको । जिल्लाको पुरानो व्यापारिक नाका मानिएको कोइलावाम्म पुग्ने ३३ किलोमिटर बाटो निर्माणको चरणमा छ भने लमही नगरपालिका–८ को दमाराघाटदेखि राजपुर गाउँपालिका–६ को खाङ्ग्रा नाका जोड्ने कालोपत्र गरिएको छ ।

पूर्वाधार विकास र भौगोलिक अवस्थाका कारण निकै विकट मानिएको खाङ्ग्रा नाकामा यसै वर्षदेखि पक्की बाटो पुगेको हो । वडा नं–८ मा रहेको पूर्व–पश्चिम राजमार्गसँग जोडेर जहरे दमाराघाटदेखि जङ्ग्रहवा हुँदै राजपुर गाउँपालिका–६ खाङ्ग्रा नाका जोड्ने सडक तयार भएको हो ।

सडकअन्तर्गतको जङ्ग्रहवामा पाँच सय मिटर भन्दा बढी सडक कालोपत्र भएको हो । राजमार्गको उत्तरतर्फ रु २७ लाख ४५ हजार र दक्षिणतर्फ रु ३३ लाख ५५ हजार गरी ६१ लाखको लागतमा सडक कालोपत्र गरिएको हो । राजपुर गाउँपालिका–५ जङ्ग्रहवामा ५४५ मिटर हुलाकी सडकको उत्तर, दक्षिण काण्डमा रहेकोे सो सडकलाई कालोपत्र गर्नका लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालय प्रदेश नं– ५ ले गत आर्थिक वर्ष ०७५÷७६ को योजनाअन्तर्गत विनियोजित कूल बजेट रु ९० लाखलाई बोलपत्र आह्वान प्रक्रियाबाट निर्माणको काम शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्