Logo

जनसहभागितामा कालोपत्र



Spread the love

८ साउन, तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लहरेपीपलमा जनसहभागितामा मोटरमार्ग कालोपत्र गरिएको छ । शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको जनसहभागितामा बुद्धमार्गमा कालोपत्र गरिएको हो ।

विसं २०७५ चैत ११ गतेदेखि थालिएको कालोपत्र यही जेठ ३० गते सम्पन्न भएको बुद्धमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार कूल रु ७१ लाख छ हजार ८२८ को लागतमा ८०० मिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्रका लागि नगरपालिकाले रु ३५ लाख सहयोग गरेको थियो भने स्थानीयवासीले रु ३६ लाख छ हजार ८२८ व्यहोरेको क्षेत्रीले बताए ।

सडक कालोपत्र भएसँगै स्थानीयवासी हर्षित भएका छन् । यस आयोजनाबाट यहाँका ३८७ जना लाभान्वित भएका छन् । सडक कालोपत्र नहुँदा यहाँका स्थानीयवासीलाई आवतजावतमा समस्या पर्ने गरेको थियो ।

उक्त सडकको आज नगरपालिकाका प्रमुख किसान गुरुङले उद्घाटन गर्दै नगरभित्रका सबै कच्ची सडक कालोपत्रका लागि नगरपालिकाले प्राथमिकता दिएको बताए । गुरुङले स्थानीयवासीको लागत सहभागितामा सञ्चालन हुने योजना दिगो र गुणस्तरीय हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्