Logo

इंग्लिस च्याम्पियन सिटीको शानदार जित



Spread the love

९ साउन, काठमाडाैँ – अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्लिस च्याम्पियन  म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । बुधबार भएको खेलमा सिटीले हङकङको किट्ची एफसीमाथि ६-१ गोल अन्तरको जित निकालेको हो ।

हङकङ स्टेडियममा सिटीले किट्ची विरुद्ध दुवै हाफमा समान ३/३ गोल गर्यो । सिटीको जितमा  लेरोइ सानेलेको नाममा २  गोल रहँदाा डेभिड सिल्भा, रहिम स्ट्रलिङ,नाबिली टोउजी र इकर पोजोको नाममा एक एक गोल रह्यो ।

किट्चीका लागि चुन लले सान्त्वना फर्काए ।

प्रतिक्रिया दिनुहोस्