Logo

जबर्जस्ती करणीको अभियोगमा शिक्षक पक्राउ



Spread the love

९ साउन, कास्की – एक बालिकालाई बन्धक बनाई जबर्जस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।

१४ वर्षीया ती बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मोरङको विराटनगर घर भई हाल उदयपुरको चौँदण्डी नगरपालिका–७ को म्यारीगोल्ड सेकेण्डरी आवासीय विद्यालयका शिक्षक २८ वर्षीय राकेशकुमार कानोडियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

पोखराको एक होटलबाट बन्धक बनाइराखेको अवस्थामा ती बालिकालाई उद्धार गरिएको प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । ती बालिकालाई ८ दिनसम्म बन्धक बनाइराखेको थियो । उनको मोबाइलसमेत कानोडियाले जफत गरेका थिए । ती बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको प्रवक्ता केसीले जानकारी बताए ।

प्रतिक्रिया दिनुहोस्