Logo

श्रीलंकाका क्रिकेटर कुलसेकराले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



Spread the love

९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट श्रीलंकाका तिब्रगतिका बलर नुवान कुलसेकराले सन्यास लिएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट ३७ वर्षे कुलसेकराले सन्यास घोषणा गरेको हुन् । तर, उनले ग्लोबल डोमेस्ट्रिक टी-२० क्रिकेट प्रतियोगिता भने खेल्नेछन् ।

एकदिवसीय क्रिकेटमा श्रीलंका लागि धेरै विकेट लिने खेलाडीको सुचिमा उनि तेस्रो स्थानमा रहेका छन् । उनले १८४ एकदिवसीय क्रिकेटमा १९९ विकेट लिएका छन् । त्यस्तै, टेष्ट क्रिकेटमा भने २१ खेलबाट ४८ विकेट हात पारेका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने ५८ खेलबाट ६६ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्