Logo

मलेसियाका नेपाली द्वारा सुजन कवरलाइ १ लाख बढी सहयोग प्रदान



Spread the love

 

सल्यानी युवा संजालको नेतृत्वमा भैइरहेको सुजन कवर(योगी) बचाउ अभियान अन्तर्गत दोस्रो चरणको आर्थिक संकलन अभियानमा मलेसिया बाट रु. १ लाख छ हजार ९५ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

नारायण बिक, कमल केसी, भीम विश्वकर्मा, ऋतुदेव बुढाथोकी, जयराम राना, आनन्द कुमाइ,हरिबहादुर बिस्ट,डम्बर बुढाथोकी, ढकाल केसी र तेन्जिङ वलिको सक्रियतामा उक्त रकम उठेको हो । उक्त रकम आफुले प्राप्त गरिसकेको सल्यानी युवा संजालका संयोजक सुदर्शन बुढाथोकीले जानकारी गराए ।

मृत्युुको मुखमा पुगेर घरमा मृत्युको दिन गन्ती गन्दै बसेका सुजन कवरको अहिले भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भैइरहेको छ । उनको स्वास्थमा सुधार आइरहेको छ ।

 

पहिलाको तस्विर र उपचार मा सुधार हुँदै ।

प्रतिक्रिया दिनुहोस्