Logo

ला लिगाद्वारा ग्रिजम्यान र बार्सिलोनाबीचको सम्झौता रद्द गर्ने चेतावनी



Spread the love

९ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र एन्टोनी ग्रिजम्यानबीच भएको सम्झौता रद्द हुन सक्ने भएको छ। सम्झौता रकमलाई लिएर विवाद बढेसंगै ग्रिजम्यानलाई बार्सिलोनाबाट खेल्न रोक्न सक्ने चेतावनी स्पेनिस ला लिगाका अध्यक्ष जाभियर तेबासले दिएका छन्।

बार्सिलोनाले गत महिना मात्र एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा ग्रिजम्यानसँग सम्झौता गरेको थियो।

२०० मिलियनबाट १२० मिलियन युरोपमा सम्झौता झारिएको भन्दै ला लिगाले प्रश्न उठाएको हो। तर एट्लेटिकोले सम्झौता १ जुलाई भन्दा अघि नै भएको दाबी गरेको छ।

‘हामी सम्झौता रोक्न सक्छौं। यस विषयमा ला लिगा गम्भिर छ,’ अध्यक्षले भनेका छन्।

बार्सिलोनाबाट चेल्सीविरुद्धको खेलमा ग्रिजम्यानले डेब्यू गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्