Logo

विश्व च्याम्पियन इंगल्याण्डको टेष्ट क्रिकेटमा निक्कै फितलो प्रदर्शन



Spread the love

९ साउन, काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेट च्याम्पियन उपाधि चुमेको १० दिन नबित्दै इंगल्याण्ड निक्कै कमजोर देखिएको छ । कमजोर आयरल्याण्डसंग टेष्ट क्रिकेटमा निकै फितलो खेल प्रदर्शन गरेको हो ।

लर्डसको मैदानमा पहिले ब्याटिङ थालेको इंगल्याण्डले २३.४ ओभरमा अलआउट हुँदै ८५ रनमै समेटियो । उसका लागि जो डेन्लीले सर्वाधिक २३ रन जोडे । त्यस्तै, साम कुरानले १८ तथा ओली स्टोनले १९ रन बनाए । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।

आयरल्याण्डका लागि टिम मुर्तागले ५ विकेट हात पारे । त्यसैगरी मार्क एडेरले ३ तथा बोइड रान्किनले २ विकेट लिए ।

पहिलो इनिङमा आयरल्याण्डले २०७ रन बनायो । एन्डी बालबिर्नेइले सर्वाधिक ५५ रन बनाए । स्टुआर्ड ब्रोड, साम कुरान र ओली स्टोनले ३–३ विकेट लिए । १२२ रनले पछि परेको इंगल्याण्डले दोस्रो इनिङ पनि थालेको छ । पहिलो दिन १ ओभर सम्भव भएको खेलमा इंगल्याण्डले रन जोडेन ।

बिहीबार इंगल्याण्डले आफ्नो इनिङ पुन : सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्