Logo

भारतीय टोलि छनोटप्रति गांगुली असन्तुष्ट



Spread the love

९ साउन, काठमाडौँ। भारतीय टोलि छनोटको विषयलाई लिएर पूर्वकप्तान सौरभ गांगुलीले छनोटकर्ताको आलोचना गरेका छन् । हालै वेष्ट इन्डिज विरुद्धको टेष्ट, एकदिवसीय र टि–ट्वान्टी क्रिकेटका लागि भारतले फरक–फरक टिम घोषणा गरेको थियो ।

टोली घोषणा गरेको केही दिनपश्चात गांगुलीले ट्वीटर मार्फत् सबै खाले खेल खेल्न सक्ने खेलाडी चयन गर्नुपर्ने भन्दै छनोटकर्ताप्रति आलोचना गरेका हुन् ।

छनोटप्रति प्रश्न गर्दै ट्वीट गरेका उनले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटका लागि अजिक्या रहाने र शुभमन गिललाई छनोट नगरेको भन्दै प्रश्न गरेका छन् ।

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग सेमिफाइनलमा हार व्यहोरेको भारत अगष्टदेखि वेष्ट इन्डिज भ्रमणमा जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्