Logo

नेपाल विश्व बरियतामा एक स्थान तल खस्कियो



Spread the love

९ साउन, काठमाडौं । नेपाल विश्व फुटबल बरियतामा एक स्थान तल झरेको छ । आज विश्व फुटबल महासंघले सार्वजनिक गरेको विश्व बरियतामा नेपाल एक स्थान तल खस्किँदै १६६औं स्थानमा पुगेको हो ।

नेपाल यसअघि १६५औं स्थानमा थियो । यता, भारत भने दुई स्थान तल झर्दै १०३औं स्थानमा पुगेको छ ।

बेल्जियम भने विश्व बरियताको शीर्ष स्थानमा यथावत रहेको छ । त्यस्तै, दोस्रो स्थानमा ब्राजिल उक्लँदा फ्रान्स भने तेस्रो स्थानमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्