Logo

एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल समूह ‘ए’ मा



Spread the love

९ साउन, काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । आज मात्र एसियन फुटबल महासंघले सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो ।

नेपाल परेको समूहमा चार पटकसम्मको उपविजेता रहेको उब्जेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

आजै एएफसीले खेल तालिका पनि सार्वजनिक गरेको छ । तर, छनोट खेलको आयोजना गर्ने देश,  मिति र स्थान भने खुलाएको छैन ।

नेपालले आफ्नो पहिलो खेलमा ताजिकिस्तानसंग खेल्नेछ भने दोस्रो खेलमा उब्जेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै ,आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्