Logo

‘प्रेमगीत २’ गीत ‘न त हाँस्न नै सक्छु…’ रिलिज (भिडियो)



Spread the love

यस वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को स्याड सङ  ‘न त हाँस्न नै…’ रिलिज भएको छ । ‘नत हाँस्न नै’ बोलको गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द र सागर संसार राईको स्वर समाबेश छ ।          विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन् । डेब्यु संगीतकार कार्की घरेलु सिनेमाका चर्चित पाश्र्वध्वनी संयोजक समेत हुन् । मनिषा खड्का गीतकार हुन् ।

रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।  आशुसेन फिल्मसद्धारा निर्मित सिनेमालाई नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/UKjSLVLpVko

प्रतिक्रिया दिनुहोस्