Logo

म्यानचेस्टर युनाइटेडद्वारा टोटनह्याम पराजित



Spread the love

१० साउन, काठमाडौं । युवा स्ट्राइकर एन्जल गोमेजको गोलसँगै म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई पराजित गरेको छ । प्रिसिजन टुर दौरान भइरहेको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत म्यानचेस्टर युनाइटेडसंग टोटनह्याम २-१ पराजित भएको हो।

युनाइटेडका लागि एन्थोनी मार्टियलले खेलको २१ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलायो । लुकास माउराले ६५ मिनेटमा टोटनह्यामका लागि बराबरी गोल फर्काए। तर ८० मिनेटमा एन्जेल गोमेजले गोल गरेसंगै म्यानचेस्टरले दोस्रो पटक अग्रता कायम गर्यो ।

शनिबार साँझ पौने ६बजे रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्