Logo

२७ वर्षिय अमिरले अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा



Spread the love

१० साउन, काठमाडौं ।अन्तर्राष्ट्रिय टेष्ट क्रिकेट करिअरबाट पाकिस्तानका मोहम्मद अमिरले सन्यास लिने घोषणा गरेका छन् । आज टेष्ट करिअरबाट २७ वर्षिय बलर अमिरले सन्यास लिने घोषणा गरेका हुन् ।

श्रीलंकाविरुद्ध २००९ मा टेष्ट क्रिकेटमा डेब्यु गरेका अमिर पछिल्लो समय जनवरीमा दक्षिण अफ्रिकासँगको टेष्टमा सहभागिता जनाएका थिए । अमिरले ३६ टेष्ट खेलबाट १ सय १९ विकेट हात पारेका छन् ।

अमिरले सन्यास घोषणा गर्दै भनेका छन्, “मेरा लागि पाकिस्तानको प्रतिनिधित्व गर्नु सम्मानको कुरा हो । मैले पुरानो फर्म्याटबाट टाढा हुने निर्णय गरेको छु । किनकि मेरो ध्यान सेतो बलमा केन्द्रित गर्न सकुँ । पाकिस्तानका लागि खेल्नु मेरो अन्तिम इच्छा र उद्देश्य हो । म अब अर्को वर्ष हुने टि–ट्वान्टी विश्वकपको चुनौतीका लागि शारीरिक रुपमा तन्दुरुस्त गर्न लागिरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्