Logo

भरतपुर प्रकरण अझै एक साता पर सर्यो



Spread the love

पटक-पटक पेशी तोकिएर स्थगित भएको भरतपुर प्रकरणमा सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश विदेश जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सरेको छ ।

सोमबार बहस नसकिएकाले अब अर्को सुनुवाई साउन ८ गते हुने भएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमवार सुनुवाई सुरु भएको हो ।

न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता पर धकेलिएको हो ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वाेच्चमा रिट परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्