Logo

सुर्यकुमारी पुनको तीज गीत”माइत जाने हो”बजारमा सार्बजनिक (भिडियोसहित)



Spread the love

नेपाली हिन्दु महिलाहरुको महान चाड तिज नजिकिएसँगै बिभिन्न गायक गायिकाहरुको तिज गीत सार्वजनिक हुन थालिसकेका छन् ।यसैबीच नेपाली लोक साँगितिक क्षेत्रमा पछिल्लो समय चर्चा कमाउन सफल गायिका सुर्य कुमारी पुनले टिपिकल तिज गित ‘म माइत जाने हो’ बजारमा ल्याएकी छिन ।

गाउँघरका लोक लय र भाकालाई जस्ताको तस्तै टपक्क टिप्न माहिर गायिका पुनलाई लोकप्रिय गायक खुमन अधिकारीले साथ दिएका छन् ।तिज गितले बिकृती ल्यायो भन्ने समयमा यो गितले नेपाली पन र परिवेश बोकेको छ।

पुर्णिमा पुन मगरको शब्द तथा किरण बाबु पुनको लय रहेको उक्त गीतमा पछिल्लो समय लोकगीत संगीतको क्षेत्रमा चर्चा कमाएका मोडल शंकर बि.सिले अभिनय गरेका छन् भने उनलाई कमला पुन मगरले साथ दिएकी छिन् ।एकिन्द्र सारा शंकरको निर्देशनमा बनेको यो भिडियोलाई हिम सम्झौता डिजिटल प्रा.लिले रिलिज गरेको छ।हालसालै रिलिज गरिएको उक्त गीतले छोटो समयमै राम्रो भिजिटर पाएको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/1FTdKCksv7w

प्रतिक्रिया दिनुहोस्