Logo

कोबेविरूद्ध बार्सिलोनाको सहज जित



Spread the love

११ साउन, काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाले जापानी क्लब भिसेल कोबेविरूद्ध जित निकालेको छ । आज भएको खेलमा बार्सिलोनाले कोबेलाई २–० ले पराजित गर्दै जित दर्ता गरेको हो ।

बार्सिलोनाको जितमा कार्लस पेरेजको नाममा २ गोल रह्यो । खेलको ५९ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका पेरेजले  ८६ औँ मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

बार्सिलोनाका पूर्व मिडफिल्डर आन्द्रेस  इनियष्टाले उत्कृष्ट खेल प्रस्तुत गरेता पनि गोल भने गर्न सकेनन् । इनियष्टा २०१८ मा बार्सिलोनाबाट भिसेल कोबे आएका थिए ।

प्रतिक्रिया दिनुहोस्