Logo

लज्जास्पद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै



Spread the love

१२ साउन, काठमाडौं ।आगमी वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्ने सपना नेपालको समाप्त भएको छ । आईतबार आईसीसी टी२० एसिया विश्वकलप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । पहिलो पटक सिंगापुर नेपाललाई हराएर च्याम्पियन बन्दै ग्लोबल छनोटमा पुग्न सफल भएको छ ।

सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो । ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

निकै दबावमा आएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि ३१ रनको साझेदारी पनि गरिसकेका थिए तर, दुई ब्याट्सम्यानबीच कम्युनिकेशन नहुँदा सोमपाल रनआउट भएका थिए । दिपेन्द्र सिंह ऐरीले २३ रन जोडे भने सोमपाल कामीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

सिंगापुरका लागि सेलेडोर भिजयकुमारले चार विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडे ।

अभिनाश बोहोराले ४ ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए भने करण केसीले २६ रन खर्चिएर २ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्