Logo

खोसियो नेपालको उपविजेता पदक



Spread the love

१२ साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीलाई सिंगापुरमा दोहोरो पीडा खेप्नु परेको छ ।आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजय व्यहोरेसंगै नेपालले प्रतियोगिताको तेस्रो स्थानमा चित्त बुजाएको हो ।

कतारभन्दा रनरेटमा पछाडी परेपछि नेपाल तेस्रो स्थानमा पुगेको हो । सिंगापुरसँग ८२ रनले पराजित भएको नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भयो ।

आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो । जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो तब नेपाली खेलाडीहरुले लगाएको मेडल पनि खोसियो ।

 कतारले ४ खेलमा समान २ मा हार र जितका साथ ४ अंक जाड्दै दोस्रो बन्यो । नेपालले पनि ४ खेलमा समान २ मा जित र हारका साथ समान ४ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दै तेस्रो बन्न पुग्यो । नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीले संघका प्रमुख कार्यकारी अधिकृत साद खानलाई पदक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्