Logo

सन्दीप र सोमपाल आज नै क्यानडा प्रस्थान



Spread the love

१२ साउन, काठमाडौं । टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएका नेपाली टोलि सोमबार राति स्वदेश फर्कने भएको छ ।आइतबार राति नै सन्दीप लामिछाने र सोमपाल कामी भने ग्लोबल टी–२० का लागि क्यानडा प्रस्थान गर्ने छन् ।

क्यानडामा २५ जुलाईदेखि चलिरहेको ग्लोबल टी–२० मा सोमपाल विनिपिग हक्स टिममा र सन्दीप टोरोन्टो नेशनल्सबाट खेल्ने छन् ।

टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटको फाइनल चरणमा तेस्रो स्थानमा रहेको नेपालको खेल निराशाजनक रह्यो । सन्दिप रहेको टोरोन्टोले भोलि नै सोमपाल सम्मिलित विनिपिगविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्