Logo

बेल मड्रिड छाडेर चिनियाँ क्लब जाने पक्का



Spread the love

१२ साउन, काठमाडौं । ३ वर्षका लागि चीनियाँ क्लब जिएन्सु सुनिङमा रियल मड्रिडका विङ्गर ग्यारेथ बेल जाने भएका छन् । रियलका प्रशिक्षक जिदानले बार्यन म्यूनिखको खेलपश्चात मड्रिड छाडेर बेल चिनियाँ क्लब जाने बताएका हुन् । चीनमा बेललाई एक साताको १.१ मिलियन युरो दिइनेछ ।

सन् २०१३ मा ९४.३ मिलियन युरोमा टोटनह्यामबाट बेल मड्रिड आएका थिए । मड्रिडसँगको सम्झौता सकिन अझै ३ वर्ष बाँकी नै छ । मड्रिडको लागि ४ वटा च्याम्पियन्स लिग, एउटा ला लिगा टाइटल, एउटा कोपा डेल रे, ३ वटा यूईएफए सुुपरकप र ३ वटा क्लब वल्र्डकप जिताएका थिए । प्रशिक्षक जिदान, राउल, फिगो, ब्राजिलीयन रोनाल्डोले मड्रिडका लागि जति गरे त्यो भन्दा बढी बेलले योगदान दिएका छन् ।

बेलले मड्रिडका लागि अन्तिम सिजनमा ४२ खेल खेलेका छन् । बेलका एजेन्टका अनुुसार जिदान मड्रिडमा फर्किनुु बेलको लागि दुर्भाग्य थियो ।

प्रतिक्रिया दिनुहोस्