Logo

स्वारेज बार्सिलोनाको प्रशिक्षणमा तोकिएको समय भन्दा ६ दिन अगाबै सामेल



Spread the love

१२ साउन, काठमाडौं । बार्सिलोनाको प्रि सिजन क्याम्पमा लुइस स्वारेज फर्केका छन् । कोपा अमेरिकामा उरुग्वेबाट सहभागी भएका स्वारेजलाई आरामका लागि केहि बढी समय दिइएको थियो । उनी तोकिएको समय भन्दा ६ दिन अगाडिनै अभ्यासमा सामेल भएका हुन् ।

एट्लेटिको म्याड्रिडबाट ग्रिजमन बार्सिलोना आएसंगै अब स्वारेजले पनि आफ्नो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने सम्भावना निक्कै बढेको छ । स्वारेजले त्यसका लागि पनि आफुलाई तयार पार्ने प्रयास गर्नेछन् ।

यति बेला बार्सिलोना टोली प्रि सिजन भ्रमणमा जापानमा रहेको छ ।बार्सिलोनाले शनिबार भिसेल कोबेसँको सामना गर्नेछ । अर्को आइतबार आर्सनलविरुद्ध हुने खेलमा स्वारेज खेल्ने सम्भावना निक्कै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्