Logo

बागचौर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक



Spread the love

असार ३१ गतेको प्रथम नगरसभाबाट पारित गरिएका नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

जस अनुसार आर्थिक वर्ष ०७४।०७५ का लागि नगरस्तरिय सहिद रिङ्ग रोड निर्माण, बागचौर नगरपालिका भित्र बृक्षारोपण गरेर समृद्ध नगर, हरित सहर बनाउने, ग्रामीण क्षेत्रका सडकलाई स्तरोन्नती गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी देखि लाइब्रेरी संचालन गर्ने दर्जनौ योजनाहरू अगाडि सारिएको छ ।

“समृद्ध नगर हरित सहर, घरघरमा सिंह दरबार बागचौर नगरबासिको रहर” भन्ने दीर्घकालीन सोचका साथ मंगलबार प्रस्तुत गरिएका कार्यक्रम अनुसार सुकिदह पर्यटन क्षेत्र, डाङ्गि तथा वलिको जन्म थलो लाई नेपालकै सास्कृतिक पर्यटन पर्बद्द्नको लागि लस्तम र हिमचौरलाई लिने, बागचौर नगरपालिकाको वडा नं. ८ को कोट्मौला, ३ को खाली, ७ को साना गाडाकोट लगाएतका स्थानमा उत्पादित हुने सुन्तला, बाफुखोला, शिबरथ क्षेत्रमा उत्पादन हुने आलु, कोटबारा, थारमारे पिपलनेटा लगाएतका क्षेत्रमा उत्पादित अदुवा, टिमुर खेतीको आधुनिकरण भण्डार तथा पैठारीका साथ वाहय क्षेत्रमा समेत पहिचान दिने, सडक संजाल नजोडिएका वडा तथा बस्तिहरुमा उच्च प्राथमिकताका साथ सडक संजाल जोडी सहिद रिङ्गरोड अवधारणा अनुसार काम गर्ने, खेलमैदान निर्माण गर्ने, हरेक वडा तथा टोलका बस्तीमा स्वच्छ खानेपानीको व्यवस्था गरिने, बिधुत लाइन बिस्तार, कृषि, पर्यटन, बन वातावरण, स्वास्थ्य, उद्यमशिलता, सरसफाई, लैङ्गगिक समानता तथा सामाजिक समाबेशिकरण, संस्कृति प्रबर्द्धन, खानेपानी व्यवस्थापनका लागि सिचाई रिचार्ज पोखरीको व्यवस्थापन गर्ने, लगायताका दर्जनौ योजनाहरूको लागि बजेट विनियोजन गरिएको छ ।

नगर भित्र छुट्याइएका योजनाहरू लाई संचालन गर्नको लागि आर्थिक वर्ष २०७४/०७५को बजेट ३७ करोड ११लाख ५९ हजार रहेको छ ।

जसमा आय तर्फ गत आ.बको मौज्दात आन्तरिक राजस्व र राजस्व बाडफाड बाट प्राप्त हुने आम्दानी रकम ७७ लाख, नेपाल सरकार वित्तीय समानिकरण तर्फ २३ करोड ७७ लाख ७१ हजार, सर्शत अनुदान तर्फ १२ करोड ५६ लाख ८८ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्