Logo

माओवादीको चुनाव चिन्ह फेर्ने कुरा, नाच्न नजान्ने आगन टेढो जस्तै



Spread the love

14:38:31

४ साउन,काठमाडौ । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले सोचे जस्तो परिणाम नल्याए पछि चुनाव चिन्ह परिवर्तन गर्ने सम्मको कुरा माओवादी नेताहरूले छलफलमा ल्याएका छन् ।
पहिलो संविधान सभाको निर्वाचनमा हसिया हथौडाकै चिन्हमा प्रत्यक्ष निर्वाचन तर्फ बहुमत सदस्य ल्याएको माओवादीले अहिले तेहि चिन्हमा कमजोर मत परिणाम आएपछि फेर्ने कुरा माओवादीका नेताहरुले उठाउन थालेका छन् ।

नेताहरु सहर केन्द्रित हुनु, जनतालाइ आफ्ना कार्यहरु बुझाउन नसक्नु, दुनियाँमा कहि नभएको चार हजारको केन्द्रिय समिति बनाउनु, पार्टीले इमानदार भन्दा फटाह र धुर्त ब्यक्तिहरुलाइ अगाडि ल्याउनु नै मुख्य कारण भएको माओवादी कार्यकर्ता बताउँछन् ।

कम्युनिस्ट आन्दोलन संग ठुलो महत्त्व राखेको हसिया हथौडा कम्युनिस्ट हु भन्ने सङ्ग पनि ठुलो अर्थ राख्दछ ।

चुनाव हार्नुको कारण अरु केही नभएर आफ्नै कार्यशैली हो भन्ने नबुझेर चुनाव चिन्हलाइ दोष दिनु नाच्न नजान्ने आगन टेढो भने जस्तै मात्रै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्