Logo

आज स्वदेश फर्कँदै नेपाली क्रिकेट टिम



Spread the love

१३ साउन, काठमाडाैँ – सिंगापुरमा आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको नेपाली टिम आज स्वदेश फर्कँदै छ । नेपाली टोली आज राति १० : ३० बजे नेपाल आईपुग्ने छ ।

सम्पन्न प्रतियोगितामा नेपालले तेस्रो स्थान बनाएको थियो । अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो हार व्यहोर्दै नेपालले तेस्रो स्थान बनाएको थियो ।

हिजो भएको खेलमा सिंगापुरले अर्को वर्ष अष्ट्रेलियामा अआयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपनामा पानी पोखिदिएको थियो । सिंगापुर  फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्