Logo

हालै एसपीमा बढुवा सिफारिस भएका सञ्जीव शर्मालाई निलम्वन गर्न गृहमन्त्रीको निर्देशन



Spread the love

गृहमन्त्री जनार्दन शर्माले हालै मात्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिसमा परेका डिएसपी सञ्जीव शर्मालार्इ निलम्वन गर्न निर्देशन दिएका छन् ।

डिएसपी सञ्जीव शर्मालार्इ पाँच वर्षअघि रामेछापको लिखु गाउँकी १४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या गर्नेलार्इ भगाएको र पीडित पक्षको उजुरीसमेत नलिएको आरोप छ ।

प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट अभियुक्त श्याम राउतलाई पक्रेको थियो । राउतलाई डिएसपी शर्माले नै भगाएको पीडित पक्षको दावी छ ।

गृहमन्त्री जनार्दन शर्माले आफ्नो फेसबुक पेजमा लेखेका छन् “सामाजिक संजाल तथा सञ्चार माध्यमले डि एस पी सन्जिव शर्मा दास बारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद ।सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।”

 

 

प्रतिक्रिया दिनुहोस्