Logo

सल्यानका साहसिक प्रहरी हवल्दार दुर्गाबहादुर राना असइमा बढुवा



Spread the love

सल्यानका साहसिक प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन् ।

राणाले असार १४ गते भएको दोस्रो चरणको चुनावमा तुलसीपुर उपमहानगरपालिका ३ स्थित आधारभूत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा अज्ञात समुहले फालेको बम तुरुन्तै हातले समातेर सुरक्षित स्थानमा फालेका थिए । उनले तुरुन्तै बम फालेर सम्भावित जनधनको क्षति हुनबाट जोगाएका थिए ।

राणाको घर सल्यान जिल्लाको शारदा नगरपालिका १ छापडाडा हो ।

हवल्दार दुर्गाबहादुर राणालाई असइमा बढुवा गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्