Logo

‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज (भिडियोसहित)



Spread the love

सर्वाधिक सफल नेपाली चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा २’ को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘ए दाजु नसमाउ न नाडीमा’ बोलको  गीतमा  फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल र वर्षा राउत फिचरिङमा छन् ।

प्रिन्स र अल्मोडा राना उप्रेतीले संगीत भरेको गीतमा दीपकराज गिरि र प्रिन्सको शब्द छ । गीतमा स्वर अल्मोडा राना उप्रेती र सुजाता वर्माको छ |सार्वजनीक गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा  केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, स्वरुप पुरुष ढकाल, प्रियंका कार्की, बुद्दी तामाङ, दीपकराज गिरि लगायतका कलाकारको अभिनय छ । चलचित्र यहि असोज ११ गते देशभर रिलिज हुदैछ ।

हेर्नुहोस् भिडियो: 

https://youtu.be/aQ4_2w-0z8Y

प्रतिक्रिया दिनुहोस्