Logo

अचम्मको ठाउँ जहाँ धुमधामसँग हुने गर्छ गधाको बिहे



Spread the love

मानिसहरूले ब्याण्ड बाजा बजाएर धुमधाम बिहे गर्नु त स्वभाविक नै हो l र यो दृश्य हामीले देख्दै पनि आएको छौँ l तर तपाईँले कहिले सुन्नु भएको छ ? ब्याण्ड बाजा सहितको एक जोडी गधाको बिहे ! सुन्दा अनौठो लागेता पनि यो सत्य घटना हो ।

भारतको तेलंगाना राज्यमा पर्ने बोवनपल्लीस्थित नल्ला पोचम्मा मन्दिरमा हालै हिन्दु रीतिरिवाज अनुसार नै एक जोडी गधाको बिहे धूमधामसँग गराइदिएको छ ।

उक्त जोडी गधाको बिहे गराइदिनुको कारण भने निकै अनौठो रहेको छ । वास्तवमा तेलंगानामा मानिसहरू कमजोर मनसूनका अनावृष्टिसँग जुधिरहेका छन् ।

त्यसैले वर्षातको कामना गर्दै उनीहरू यस्ता अनुष्ठानहरू गर्न थालेका हुन् । जोडी गधाको बिहे गरिदिए पश्चात् जल देवता खुसी हुने र भारी वर्षात् गरिदिने विश्वास सो स्थानका मानिसहरूमा छ ।

४ वर्ष पहिले पनि गधाको बिहेपछि प्रशस्त पानी परेको थियो । र यो पटक पनि गधाको बिहेले प्रशस्त वर्षात गराउने विश्वास उनीहरूमा छ । द्वापर युगमा कृष्ण भगवानका पिताले समस्याबाट छुटकारा पाउनका लागि गधाको खुट्टा छोएका थिए l सोही किम्बदन्तीका आधारमा गधाको खुट्टा छोएर कन्यादान गरेमा शुभ हुने र समस्याबाट पनि मुक्ति पाइने आम विश्वास गाउँलेहरूको रहेको छ l

प्रतिक्रिया दिनुहोस्