Logo

२० किलो चामल दिएर पत्नीसँग ‘डिभोर्स’



Spread the love

प्रत्येक धर्मले विवाहलाई एक पवित्र बन्धनको रूपमा मान्ने गर्दछन् । तर केही वैवाहिक सम्बन्धहरू खासै टिक्न सक्दैनन् भने विवाहित जोडीहरूले सम्बन्ध विच्छेद गर्ने निर्णय रोज्ने गर्छन् ।

सम्बन्ध विच्छेद गराउँदा अदालतले लोग्नेबाट श्रीमतीलाई अंश दिलाउने गर्छन् l जहाँ गुजाराका लागि पैसाका साथ साथै जमिन पनि हुने गर्छ l तर भारतको पञ्जाव तथा हरियाणामा पछिल्लो पटक उच्च अदालतले निकै अनौठो फैसला गरेको छ ।

जसको चर्चा अहिलेसम्म पनि सबैले गरिरहेका छन् । उक्त अदालतमा सम्बन्ध विच्छेदको मुद्दा झेलिरहेका एक जना पुरुषले आफ्नो कुनै जागिर नभएका कारण डिभोर्स गरिसकेपछि पत्नीलाई गुजारा भत्ताको रूपमा नगद दिन नसक्ने भनी उच्च अदालत समक्ष निवेदन गरेका थिए ।

तर नगदको सट्टा भने दैनिक रूपमा प्रयोग हुने सामानहरू दिन सक्ने उनले बताएका थिए । सो श्रीमानले डिभोर्स गर्ने पत्नीलाई निर्वाह भत्ताको रूपमा नगद दिन नसकेता पनि दैनिक उपभोगका चिज भने दिनसक्ने भने पश्चात् उच्च अदालतले यस्तो फैसला गरेको हो l

जस अनुसार डिभोर्स गरिसकेपछि पूर्व पत्नीलाई मासिक २० किलो चामल, ५ किलो चिनी, ५ किलो दाल, १५ किलो गहुँ, २ किलो दूध तथा ५ किलो घिउ दिनका साथ साथै हरेक ३ महिनामा तीन वटा कुर्ता सुरुवाल सुट पनि दिनुपर्ने फैसला अदालतले सुनायो ।

प्रतिक्रिया दिनुहोस्