Logo

जिन्स किन्ने सोचमा हुनुहुन्छ भने विचार गर्नुहोस् यी कुरामा



Spread the love

सबैभन्दा पहिला जिन्स किन्दा त्यसको लेबल हेर्ने तथा फेब्रिकबारे जानकारी हुनुपर्छ। ८० देखि सय प्रतिशतसम्म कटन मिक्स जिन्स आरामदायी हुनुको साथै त्यसको फिटिङ पनि राम्रो हुन्छ।

सानातिना ब्रान्डले जिन्समा अरू फेब्रिक मिसाइदिन्छन्। हेर्दा त जिन्स राम्रो देखिन्छ तर फिटिङ भने राम्रो हुँदैन। लिनेन फेब्रिक मिसाइएको जिन्सको फिटिङ पनि राम्रो हुने गर्छ । प्रायः अमेरिका, जर्मनी, जापानलगायत देशमा बनेको जिन्स राम्रो र टिकाउ मानिन्छन्।

कतिपयले एक किसिमका जिन्स लगाउने गर्छन । सधैँ एकनास जिन्स लगाउनुभन्दा पसलमा पाइने नयाँ–नयाँ स्टाइल र ब्रान्डका जिन्स किन्दा उतम हुन्छ।

उमेरअनुसार शरीरको साइज बदलिरहन्छ। त्यसैले जिन्सको साइज पनि फेरिरहनुपर्छ।

जिन्स छनोट गर्दा ठाउँ र अवसर हेर्नुपर्छ। अफिसमा लगाउनका लागि जिन्स छान्ने हो भने साधारण जिन्स छान्नुपर्छ। साथीभाइसँग घुमघाम गर्न जाँदा टाइटफिटिङ जिन्स सुहाउँदो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्