Logo

चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलर सार्वजनिक(ट्रेलरसहित)



Spread the love

नायिका झरना थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘ए मेरो हजुर २‘ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस अघि नै फिल्मको २ गीत सार्वजनिक भइसकेका छन्। सार्वजनिक गीतलाई दर्शक श्रोताले पनि एकदमै रुचाइरहेका छन्।

सुहाना इन्टरटेमेन्टको ब्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रका २ गीत जुन सार्वजनिक भएसगै चर्चित भै सकेका छन। सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय रहेको चलचित्र यहि भदौ १६ गतेबाट देशभर प्रदर्शन हुदैछ।

हेर्नुहोस् ट्रेलर: 

https://youtu.be/xnLTRLz61CA

प्रतिक्रिया दिनुहोस्