Logo

रुकुममा विप्लव समूहका युवा संगठनका कोषाध्यक्ष पक्राउ



Spread the love

१४ साउन, रुकुम । प्रतिबन्धित विप्लव समूहका युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला कोषाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–९ घर भएका कुवेर वली रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वडा नम्बर ११ चौरबाट डोल्पाका व्यापारीबाट चन्दा असुली गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका वलीलाई युवा संगठनले विज्ञप्ती जारी गरी रिहाइ गर्न माग गरेको छ भने उनि माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्