Logo

प्रदेश सरकारद्वारा अतिविपन्न बिरामीलाई आर्थिक सहयोग



Spread the love

१४ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका अतिविपन्न बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गत आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयले क्यान्सरपीडित १२ बिरामीलाई रु तीन लाख ६५ हजार प्रदान गरेको हो ।

स्थानीय प्रशासनको सिफारिसका आधारमा आन्द्रा, पिसाबथैली, फोक्सो, बे्रन ट्युमर, स्तन, पाठेघर र ब्लड क्यान्सर भएका ती बिरामीहरुलाई सहायता रकम प्रदान गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्