Logo

सोमपालको टिमद्वारा सन्दीपको टिम पराजित



Spread the love

१४ साउन, काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी–२० क्रिकेटमा नेपाली खेलाडी सोमपाल कामीको टोलीसंग सन्दीप लामिछानेको टोलिले पराजय व्यहोरेको छ। सोमपालसम्मिलित टिम विनिपेग हक्सले सन्दीपको टोरन्टो नेशनल्सलाई ३ विकेटले पराजित गरेको हो ।

टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलपश्चात सिंगापुरबाट सन्दीप र सोमपाल क्यानडा प्रस्थान गरेका हुन् । तर, सन्दीप र सोमपाल दुवैले साेमबार रातिको खेल खेल्न पाएनन् ।दुवै जनाले बेञ्चमा बसेर खेल हेरे । सोमपाल प्लेइङ इलेभेनमा पर्नेबारे निश्चित छैन । सन्दीप भने अनुभवी क्रिकेटर बनिसकेकाले अवसर पाउने सम्भावना रहेको छ ।

पहिले व्याटिङ गरेको टोरन्टोले २० ओभरमा ७ विकेटको नोक्सानीमा २१६ रन बनाएको थियो । रोड्रिगो थोमसले ६५, कायरन पोलार्डले ५२ तथा कप्तान युवराज सिंहले ४५ रन जोडे । काइरन पोलार्डले ४ विकेट हात पारे ।

फराकिलो लक्ष्य पछ्याएको हक्सले अन्तिम बलमा ७ विकेटको नोक्सानीमा पुरा गर्न सफल भयो ।ओपनर क्रिश लिनले ४८ बलको सामना गर्दै ८९ रन जोडे । त्यस्तै सनी सोहलले २७ बलमा ५८ रन बनाए । सल्मान नजर र क्रिस ग्रिनले २–२ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्