Logo

विश्वकप खेल्ने सपना समाप्त भएसंगै नेपाली टोली स्वदेश फिर्ता



Spread the love

१४ साउन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर स्वदेश फर्किएका छन् । सोमवार राती १०:३० मा त्रिभुवन विमानस्थलमा नेपाली टोली ओर्लेको थियो ।

आइतबार अन्तिम खेलमा सिंगापुरसँग पराजय व्यहोरेसंगै नेपालको विश्वकप खेल्ने सपना सिद्दिएको थियो । अन्तिम खेलमा नेपाल ८२ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

नेपालले पनि ४ खेलमा समान २ मा जित र हारका साथ समान ४ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दै तेस्रो बन्न पुग्यो ।

नेपाली टिममा लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर सोमपाल कामी भने फर्किएका छैनन् । आइतबार राती सिंगापुरबाट ग्लोबल टी २० क्यानडाका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । सोमबार भएको नेशनल र विनिपेगबीचकोे खेलमा यी दुबै खेलाडी प्लेइङ इलेभेनमा परेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्